×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिपी प्रतिष्ठानमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु, प्रतिष्ठानमा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

बिपी प्रतिष्ठानमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु, प्रतिष्ठानमा ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका दुई र एक मोरङका एक सहित तीन कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका ५९ वर्षीय पुरुष, सप्तरी राजविराज १ की २३ वर्षीय महिला र राजविराज ८ का ६५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
मोरङका संक्रमित प्रतिष्ठानमा उपचाररत थिए । ९ गते कोरोना पुष्टि भइ सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । यस्तै सप्तरी राजविराजकी २३ वर्षीय महिला प्रतिष्ठानमा उपचारत थिइन्। उनमा पनि दीर्घ रोग थियो। १८ गते कोरोना पुष्टी भइ त्यसको भोलीपल्ट कोभिड अस्पतालमा भर्ना गरिएको थियो। त्यसैगरी, राजविराज ८ का ६५ वर्षीय पुरुष दीर्घ रोग भइ प्रतिष्ठानमा उपचाररत थिए। १५ गते कोरोना पुष्टि भएको र सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। उनको आज बिहान मृत्यु भएको हो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: