
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का महानिर्देशक धरणीधर खतिवडाले राजिनामा दिएका छन् । उनले महानिर्देशक पदको कार्यकाल बाँकी रहँदै राजिनामा दिएका हुन् । खतिवडाले गत आइतबार राजिनामा दिएका हुन् ।
उनको राजीनामा महासंघकी अध्यक्ष भवानी राणाले स्वीकृतसमेत गरेकी छन् । यता महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोरोनाका कारण स्थगित भएको थियो ।
तत्कालको लागि निमित्त महानिर्देशकको जिम्मेवारी मिना श्रेष्ठलाई दिइएको छ । नेपाल सरकारको सचिवबाट अवकास प्राप्त खतिवडाले दुई पटक महासंघमा महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । निर्वाचनपछि नयाँ ढंगले काम गर्नको लागि सजिलो बाटो बनाउन राजिनामा दिएको खतिवडाको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्