×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : धनगढीमा भन्सार छली ल्याइएको अबैध कपडा बरामद, पाल्पाका महिला सामुहिक आलुखेतीमा व्यस्त !

GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : धनगढीमा भन्सार छली ल्याइएको अबैध कपडा बरामद, पाल्पाका महिला सामुहिक आलुखेतीमा व्यस्त !

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले धनगढी उपमहानगरपालिका–४ बाट प्रहरीले बरामद गरेको भन्सार छली ल्याइएको अबैध लुगा कपडादेखि पाल्पा रामपुर नगरपालिका वडा नं ६ स्थित जनजागृति कृषक समूहका महिलाहरु आलु लगाउँदै गरेका सम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
देशभर रहेका पाँच बर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै । राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत छ महिनादेखि ५ बर्ष मुनिका करीब २७ लाख बालबालिकालाई भिटामिन ए र १ देखि ५ बर्षसम्मका करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै ।
पाल्पा रामपुर नगरपालिका वडा नं ६ स्थित जनजागृति कृषक समूहका महिलाहरु आलु लगाउँदै । आलु खेतीबाट आम्दानी राम्रो हुने भएपछि महिलाहरु समूहमा आलु खेती लगाउन थालेका छन् । 
धनगढी उपमहानगरपालिका–४ बाट प्रहरीले बरामद गरेको भन्सार छली ल्याइएको अबैध लुगा कपडा । सुट दुई सय तीन पिस, प्लाजु ३६ पिस, कुर्ती ७२ पिस, माछा मार्ने जाली तीन पिस गरी रु एक लाख ४४ हजार बराबरको लुगा कपडा बरामद गरेको बताइएको छ । 
नगरपालिकाको आयोजनामा बुधबारबाट शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै कैलालीको गौरिगङ्गा नगरपालिकाका उपप्रमुख अन्चला चौधरी । 
जिउँदो सालकसहित प्रहरीले बुधबार मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दीका २७ वर्षीय ध्रुबबहादुर मगर र ३१ वर्षीय भिमबहादुर मगर । प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ । 
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ८ दाप्चास्थित दाप्चा माध्यमिक विद्यालयको नवनिर्मित भवन । नेपाल सरकारको लगानी तथा एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरेको सुविधासम्पन्नका भवन । 
पश्चिम बागलुङको तमानखोलामा दुवाली थुनेर माछा मार्ने क्रममा भेटिएको पाहा देखाउँदै स्थानीयवासी । हाडजोर्नीको दुःखाइ, दम, बाथ जस्ता स्वास्थ्य समस्यामा पाहाको सेवन उपयोगी मानिन्छ । 

साउदी अरवबाट आएका नेपाली यात्रुहरुलाई होटल क्वारेन्टाइनमा राख्नको लागि त्रिभुवन विमानस्थल अगाडि गेटमा होल्डिङ गराउँदै ।
हिमालपारिको जिल्ला मुस्ताङदेखि बिक्रीका लागि बागलुङ बजार ल्याइएका भेडा–च्याङ्ग्रा । 
अर्थमन्त्री बिष्णुप्रसाद पौडेल पाल्पाको दोभान गाउँपालिकास्थित झुम्सा खोलाबाट बुटवल उपमहानगरपालिकामा ल्याइने स्वच्छ खानेपानीको लागि निर्माण हुने बुटवल खानेपानी आयोजनाको ड्याम निर्माण कार्यको बिहीबार शिलन्यास कार्यक्रमको उद्घाटन गर्नुहुँदै । 
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बिहीबारदेखि नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला मन्त्रालयमा शिष्टाचार भेट गर्दै ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: