×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिसहोमको डवल धमाका अफर दीपावलीमा पनि निरन्तर

PRIME CA
GLOBAL IME BANK

डिसहोमको डवल धमाका अफर दीपावलीमा पनि निरन्तर

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। डिसहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिसहोममा डिलर दाइको डिस्काउन्ट नामक अफर सञ्चालन गरिरहेको छ ।
यसै अफरलाई डिसहोमले वडा दशैंसँगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।
२ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक /एकलाख नगद उपहार यस अफर मार्फत जित्नुहुनेछ ।
साप्ताहिक लक्की ड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट-टप बक्सको क्यास आईडीको आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १०० र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुन्छ ।
अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिसहोम बिक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: