
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन नेपाल स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेको छ । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै कोरोना महामारीमा खटिएका सबै स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन माग गरेको हो ।
संघले आफना बिभिन्न १३ बुँदा सहितको ज्ञापन पत्र मन्त्रालयमा बुझाएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘सबै स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने गरी निर्देशिकामा व्यवस्थापन गर्न, संघीय सरकारले गरेका निर्णयहरु सबै तहका सरकार र व्यवस्थापक वा सञ्चालकहरुले कम्तीमा पनि लागू वा कार्यान्वयन गर्ने व्यवस्था गर्न माग गर्दछौं ।’ कोरोना महामारी रोकथाम नियन्त्रणका लागि शंकास्पद, संभावित र पुष्टि भएका बिरामीहरुको केस अनुसन्धान र निजका कन्ट्याकमा आएको व्यक्तिहरुको खोज पड्ताल गर्नका लागि तयारी गरिएको टिमको न्यूनतम सेवा सुविधा संघीय सरकारबाट हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन नसक्ने गरी विभिन्न निर्देशिकाहरु बनेको भन्दै संघले आपत्ति समेत जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्