×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : पाल्पामा विदेशबाट फर्किएका युवा आलु खेतीमा आकर्षित, डोटीकी देबकी पनि गोलभेडा खेतीमा व्यस्त !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले पाल्पामा विदेशबाट फर्किएका युवा आलु खेतीमा व्यस्तदेखि डोटीकी देबकी कठायत पनि गोलभेडा खेतीबाट मनग्य पैसा कमाउदैसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पाल्पा रामपुर नगरपालिका वडा नं ६ का युवाहरु समूहमा आलु लगाउँदै । यहाँ विदेशबाट घर फर्केका र विभिन्न पेशा व्यावसायमा लागेका, पढ्दै गरेका युवा मिलेर आलु खेती शुरु गरेका छन् । 

डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा स्थानीय देबकी कठायत (खड्का) ले गर्नुभएको गोलभेडा खेती । गोलभेडा बिक्रिबाट उहाँले मासिक हजारौँ आम्दानी गर्ने गर्नुभएको छ । 

तनहुँको सदरमुकाम दमौलीमा घरायसी सामग्री बिक्रीका लागि हिड्दै गरेका एक व्यक्ति । 
कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सञ्चालन गर्ने विषयमा छलफल गर्दै अभिभावक ।

मादि गाउँपालिका–६ तप्राङकी स्थानीय गुरुङ महिला आँगनमा कोदो सुकाउँदै ।
नेपाली सेनाको प्रत्यक्ष व्यवस्थापनमा एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भएका काठमाडौँ तराई मधेश द्रुतमार्ग सडक खण्ड ।
कास्कीको माछापूछ«े गाउँपालिका–२ भुर्जुङखोलामा सञ्चालित गण्डकी ट्राउट फार्म । फार्ममा वार्षिक २५ टन रेन्बो ट्राउट माछा उत्पादन हुन्छ । दश वर्षअघि खुलेको फार्म ५० रोपनीमा फैलिएको छ । ट्राउट माछाको स्वादसँगै प्राकृतिक सौन्दर्यमा रमाउन पर्यटक त्यहाँ पुग्छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ निवासी एक महिला तरकारी खेतीमा । तरकारी खेतीबाटै जिल्लाका कृषकहरुले मनग्य आम्दानी गर्न थालेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: