
- अर्थ सरोकार सम्बाददाता
सिन्दुली । दुधौली नगरपालिकाले ठूली एकादशीमा सार्वजनिक बिदा दिएको छ । दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी पर्व मनाउने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकामा ठूलो सङ्ख्यामा बसोबास गर्ने दनुवार समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेको हुँदा नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको नगरपालिकाका प्रमुख घनश्याम राउतले जानकारी दिए ।
जिल्लाका दनुवार समुदायले विगत केही वर्षदेखि बरकी एकादशी पर्व खुल्ला कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाउँदै आए पनि यस वर्ष कोभिड–१९ का कारण आ–आफ्नो घरमा सुरक्षित तरिकाले मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीले जनाएको छ । कोभिडका कारण नेपाल सरकारले भेला, समारोह, खुला मञ्चमा कार्यक्रम गर्न रोक लगाएकाले यस वर्षको बरकी एकादशी पर्वको कार्यक्रम आ–आफ्नो घरमा मात्रै सीमित राखेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षितसँग मनाउने निर्णय भएको दनुवार जागरण समिति सिन्धुलीका अध्यक्ष नारायण अधिकारी दनुवारले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्