काठमाडौं । फोहोरै फोहोरको डस्बिन २० लाख रुपैयाँ भेटियो भन्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ । तर घटना सत्य हो । घटना चिनको हो । चीनका एक व्यक्तिले पैसालाई फोहोर सम्झिएर फोहोरको डस्बिनमा फ्याँकेका छन् । लियाओनिङमा वाङ नामक गरेका ति व्यक्ति दुई वटा थैला बोकेर घरबाट निस्किएका थिए । उनले बोकेको एउटा बोरामा फोहोर थियो भने अर्कोमा लगभग २० लाख रुपैयाँ थियो । झुक्केर उनले फोहोरको ठाउँमा पैसाको थैलो डस्टबिनमा फालिदिएकाछन् । बैंकमा पुगेर गल्ती थाहा पाएपछि उनी हतारमा फोहोरको भाँडो भएको स्थानमा आए । तर त्यो बेलासम्म पैसा हराइसकेको थियो । त्यसपछि उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे ।
प्रहरीले फोहोरको भाँडो नजिक रहेको सीसीटीभी क्यामरा चेक गर्यो । तर फूटेज सफा नभएकाले केही पत्ता लाग्न सकेन । अनि प्रहरीले वरपरका मानिसलाई सोधखोज गर्यो । सोधपुछका बेलामा एक महिलाले आफूसँग थैलो भएको सुनाइन् र उनले प्रहरीलाई थैली बुझाइन् । -एजेन्सीको सहयोगमा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्