
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । दसैंमा ई–कमर्स साइटहरुले सामान्य अवस्थाकोभन्दा दोब्बर कारोबार गरेका छन् । घरघरै समान पुर्याइदिने ई–कमर्स मोडलले यो पटकको दसैंमा राम्रो कारोबार गरेको हो । दसैंको बेला कारोबार स्वभाविक रुपमा बढ्ने भएपनि यसवर्ष कोभिडका कारण थप बल मिलेको अलीबाबाको नेपाल प्रतिनिधि कम्पनी ‘दराज’का चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलले बताए ।
दसैंमा भएको अनलाइन कारोबारले यसलाई नयाँ उचाइमा पुर्याएको छ । चल्तीका ई–कसर्म साइटहरुले अहिले काठमाडौंको चक्रपथ बाहिर पनि निःशुल्क डेलिभरी दिइरहेका छन् । मूल्य भुक्तानीका लागि आईएमई–पे, प्रभु–पे, सेल–पे, खल्ती लगायतका भुक्तानी सेवा प्रदायकहरुको ई–वालेट प्रयोग गरिन्छ । त्यसबाहेक एटीम कार्ड ‘स्वाप’ गर्न मिल्ने ‘पीओएस’ मेसिन बोकेर डेलिभरी दिनेहरु घर–घर पुग्छन् । नगदमै पनि भुक्तानी दिन सकिने व्यवस्था ई–कमर्स साइटहरुले गरेका छन् ।
नेपालको सबैभभन्दा ठूलो अनलाइन सपिङ साइट ‘दराज’ले यो दशैंको समयमा ३ लाख वटा सामानको कारोबार गर्यो । यो वर्ष दसैंका बेला ग्राहक घटेर खुला बजारका पसलेहरु टाउकामा हात लगाएर बसिरँदा ई–कमर्स साइटहरुलाई अर्डर लिन र डेलिभरी दिन भ्याई–नभ्याई थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्