×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: उद्योग वाणिज्य महासंघको मतदान कार्यक्रम सम्पन्न, वरिष्ठ उपाध्यक्षमा कसले मार्ला बाजी ?

PRIME CA

अन्तत: उद्योग वाणिज्य महासंघको मतदान कार्यक्रम सम्पन्न, वरिष्ठ उपाध्यक्षमा कसले मार्ला बाजी ?

१३ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचनमा शतप्रतिशत मत खसिसकेको निर्वाचन समितिले जनाएको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेका हुन् । 
शनिबार बिहानदेखि सुरु भएको मतदान अपररान्ह ४ बजे सकिएको हो । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । 
बाँकी पदहरुका लागि आज निर्वाचन भएको हो । यस्तै वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र शौरभ ज्योति प्रतिस्पर्धामा छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: