×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणले प्रसारणलाइन नबनाउँदा निजी क्षेत्रको २५ मेगावाट विद्युत खेर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विद्युत प्राधिकरणले प्रसारणलाइन नबनाउँदा निजी क्षेत्रको २५ मेगावाट विद्युत खेर

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयमा प्रसारण लाइन नबनाइदिँदा साना तथा मझौला जलविद्युत् उत्पादकले उत्पादन गरेको करिब २५ मेगावाट विद्युत् खेर गइरहेको छ । कतिपय आयोजनाका प्रसारण लाइन नै नजोडिँदा र कतिपयमा भएका प्रसारण लाइनको क्षमता न्यून हुँदा निजी ऊर्जा उत्पादकले वार्षिक ३६ करोड रुपियाँसम्म क्षति व्यहोर्नुपरेको छ ।
उत्पादित विद्युत् प्रसारण लाइनको अभावमा वर्षको औसत १ सय २० दिनसम्म विद्युत् खेर फाल्नुपर्दा आयोजनाहरू आर्थिक रूपले संकटग्रस्त बन्दै गएका छन् । विशेष गरी भएका प्रसारण लाइनको पनि क्षमतामा वृद्धि नगरेका कारण आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्दा लोड नधान्ने समस्या रहेको छ । 
देशभर आर्थिक रूपले संकटग्रस्त चरणमा पुगेका करिब ३६ वटा साना जलविद्युत् आयोजनामध्ये १० वटाको विद्युत् खेर गइरहेको विद्युत् प्रवद्र्धकहरूले जानकारी दिएका छन् । त्यस्ता आयोजनाबाट २४ दशमलव ९३ मेगावाट विद्युत् खेर गइरहेको छ । यसको मौद्रिक मूल्यमा ३५ करोड ८९ लाख रुपियाँबराबर हो । – नयाँपत्रिका दैनिकबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: