×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको खुद नाफा घट्यो, प्रति सेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा हुँदा अन्य सूचक कस्ता ? (विवरणसहित)

PRIME CA

एभरेष्ट बैंकको खुद नाफा घट्यो, प्रति सेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा हुँदा अन्य सूचक कस्ता ? (विवरणसहित)

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको अधिकांश सूचक घटेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५१.५४ प्रतिशतले कम हो । गत वर्ष बैंकले यहि अवधिमा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : २८.५६ प्रतिशत र ५१.५४ प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब ४३ करोड २५ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष घटेर १ अर्ब २ करोड ३२ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । यता, बैंकको सञ्चालन नाफा ९८ करोड ६९ लाख ९९ हजार रुपैयाँबाट घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा खुम्चिएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकोले खुद नाफा पनि घटेको देखिन्छ ।
यो असोज मसान्तसम्ममा बैंकको निक्षेप सङ्कलन १६.१८ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५.८३ प्रतिशतले बढेको छ ।बैंकको खराब कर्जा पनि ०.०५% ले बढेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसाले घटेर १५ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ ३२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: