×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट इन्स्योरेन्सको पहिलो त्रैमास: खुद नाफा ५१.०८ प्रतिशतले बढ्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA

एभरेष्ट इन्स्योरेन्सको पहिलो त्रैमास: खुद नाफा ५१.०८ प्रतिशतले बढ्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गएको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५१.०८% ले बढेको छ । गत वर्ष २ करोड २ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्ष ३ करोड ५ लाख ४० हजार रुपैयाँ पुर्याएको छ ।
यस्तै, कम्पनीको खुद बिमा शुल्क १.५२% ले बढेर १२ करोड ११ लाख ४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले ११ करोड ९२ लाख ९० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीको बिमा कोष ४४.०८% ले बढेर ३४ करोड २० लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा २३ करोड ७३ लाख ७७ हजार रुपैयाँ थियो । 
असोज मसान्तसम्म आइपुग्दा कम्पनीले २७ करोड १७ लाख ७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम १ अर्ब ४ करोड २८ लाख ७६ हजार रुपैयाँ छ । यसअवधिमा इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ छ । जगेडा कोषमा २८ करोड ९८ लाख ४४ हजार रुपैयाँ रहेको छ । 
यसअवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ६५ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: