×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिएको परिक्षा डिसेम्बर १३ देखि सञ्चालन हुँदै !

LAXMI SUNRISE BANK

सिएको परिक्षा डिसेम्बर १३ देखि सञ्चालन हुँदै !

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को डिसेम्बर इन्टेकको परिक्षा आउँदो डिसेम्बर १३ देखि हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण परिक्षा गत जुनमा समेत रोकिएको थियो । परिक्षा मितिभन्दा १५ दिन अगाडी रुटिन सार्वजनिक गर्नुपर्ने भएकाले यसपाली डिसेम्बर १ मा भने परिक्षा नहुने भएको हो । हरेक बर्ष डिसेम्बर र जुन १ तारिखदेखि सिएको परिक्षा सुरु हुने गर्थ्यो ।
‘स्थिति सहज भएपनि परिक्षा सेन्टर पाइएन । यहि बेला ११ र १२ को परिक्षा पनि जुधेकाले सेन्टर पाउन गाह्रो भएको थियो । त्यसैले परिक्षा केहि ढिलो हुने भएको हो । १५ दिन अगावै नोटिस दिएर परिक्षा डिसेम्बर १३ देखि सञ्चालन हुनेछ ।’ आइक्यानका उपाध्यक्ष युद्ध राज ओलीले सिए सरोकारसँग भने ।
कोभिडका कारण यसपटकको परिक्षा भौतिक दुरीसहितको हुनुपर्ने भएकाले पहिलाका परिक्षाहरु भन्दा धेरै परिक्षा सेन्टर चाहिने भएकाले पनि व्यवस्थापनमा केहि ढिलाई भएको आइक्यानको भनाइ छ । यस विषयमा औपचारिक घोषणा गर्न शनिबार आइक्यानको शिक्षा समितिको बैठक बस्दैछ । बैठकको निर्णय पछी आइतबार रुटिन सार्वजनिक हुनेछ भने डिसेम्बर १३ बाट क्याप वान, क्याप टु, र क्याप थ्रीको परिक्षा हुनेछ । सिए सदस्यताको परिक्षा भने सम्पन्न भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी