- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६९ पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्