- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा रहेको छ । बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ ।युरो एकको खरिददर १४० रुपैयाँ ०१ पैसा र बिक्रीदर १४० रुपैयाँ ७२ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्