
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । बारामा आगलागीबाट ७ वटा फुसको घर जलेर नष्ट भएका छ । कलैया उपमानगरपालिका-२४ सखुई बस्ने शोभालाल चौधरीको घरमा अचानक आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट ८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
आगलागीमा परी स्थानीय शोभा लाल चौधरी, टुकल महतोको २-२ लाख, राम अवतार चौधरीको १ लाख, शिशुपाल चौधरी, राम किशोर चौधरी र करी खाँ थारुको ५०-५० हजार तथा राम लाल चौधरीको १ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी चौकी पचरौताले जनाएको छ । आगो लाग्नुको कारण खुलेको छैन ।दमकलको मद्दतमा प्रहरी र स्थानीय बासिन्दाले सवा ७ बजे आगो नियन्त्रणमा लिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्