×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्लाहीका चार छुट्टाछुट्टै ठाउँमा भीषण आगलागी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सर्लाहीका चार छुट्टाछुट्टै ठाउँमा भीषण आगलागी

३० कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । सर्लाहीका ४ स्थानमा आगलागी भएको छ । उक्त आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको गोडैता नगरपालिका–८ स्थित रोकिराखेको ना.७ ख.३५१५ नम्बरको बसमा बसकै ब्याट्री सर्ट भई शनिबार राति एक्कासी आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
यस्तै ब्रहम्पुरी गाउँपालिकामा शनिबारै राति भएको आगलागीबाट एउटा पाडो र ४ वटा बाख्राको जलेर मृत्यु भएको छ । वडा नम्बर १ बस्ने निरज साहको गोठमा बालेको मैनबत्तीबाट सल्किएको आगोले पाडो र बाख्रासहित गोठ जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको हो । 
 
प्रहरीका अनुसार बागमती नगरपालिकामा एक जनाको घर जलेको छ । वडा नम्बर १ डुमाजोर निवासी सुनिल तामाङको घरमा बालिएको मैनबत्ती सल्किएर आगलागी हुँदा उनको काठको कच्ची दुई तल्ले घर जलेको छ । आगलागीले रु १० लाख बराबरको क्षति भएको छ । यस्तै, बरहथवा नगरपालिकाको एक पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । सबै ठाउँमा लागेको आगोलाई स्थानीय बासी र प्रहरी मिलेरनियन्त्रणमा लिइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: