- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा बिजयी भएका दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान वृद्धि लगायत तर्फ आफ्नो पहल हुने बताएका छन् । निर्वाचन जितेपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्नेतर्फ आफ्नो प्रयास हुनेसमेत बताएका छन् । हेर्नुहोस् भिडियो: