×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशाेर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेकाे छ’ : अध्यक्ष राणा (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशाेर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेकाे छ’ : अध्यक्ष राणा (भिडियो)

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किसोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताउनुभएको छ । दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताउनुभएको छ । अध्यक्ष राणाले दुवै व्यक्ति महासंघका लागि चाहिने व्यक्ति भएकाले महासंघमा अटनुपर्छ भन्ने लागेर नै आफुले मिलाउने प्रयास गरिराखेको स्पष्ट पार्नुभयो । आफुले एकपटक फेरी दुवै उम्मेदवारलाई एकठाउँमा राखेर कुरा गर्ने समेत बताउनुभयो । 
उहाँले भन्नुभयो ‘अध्यक्षको रुपमा मैले दुवै जनालाई एउटा शशक्त उम्मेदवारको रुपमा देख्छु । दुई जना नै महासंघमा अटनुपर्छ भन्ने मेरो व्यक्तिगत विचार छ । मलाई लाग्छ महासंघले पनि त्यो धारणा लिएर अगाडि बढ्नुपर्छ र उहाँहरुसँग सहमतिको लागि कुरा भइरहेको छ । अव निर्वाचनको समय पनि आयो । तिहार सिदिएको अवस्था छ । छठपछि एकचोटी दुईजनालाई राखेर कुरा गरेर सहमतिको वातावरण बनाउँछु भन्ने मैले सोचेको छु । त्यो प्रयास नेतृत्वमा पुगेको व्यक्तिले गर्नुपनि पर्छ ।’ 
महासंघको हितको लागि भएपनि दुवैजनाले त्याग गर्नसक्नुपर्ने उहाँले बताउनुभयो । कोभिडको परिस्थितिमा महासंघका कामहरुलाई प्रभावकारी बनाउन पनि दुवै व्यक्तिको आवश्यकता पर्ने भएको र त्यसका लागि दुवै व्यक्तिले त्याग गर्न सक्नुपर्ने अध्यक्ष राणाले बताउनुभयो । उहाँले भन्नुभयो ‘ दुवै जनालाई एक पछि अर्को गरेर मिल्नको लागि आउनुस भनेर आव्हान पनि गरेको छु । त्यसैले गर्दा दुवै पक्षले महासंघको हितको लागि त्याग गर्न सक्नुपर्यो । त्यसकारणले एक जनालाई पनि नगुमाउन चाहन्छौं एकपछि अर्को गरेर गर्नको लागि मेरो फेरी एकचोटी अन्तिम प्रयास रहनेछ । ’
महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । निर्वाचनका लागि किसोर प्रधान र चन्द्रप्रासद ढकालले आ–आफ्नो प्यानलसहित वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: