×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएनसिसिआई निर्वाचन : ४५ प्रतिशत मतदान सम्पन्न, दुई समुहका उमेद्वारबीच कडा प्रतिस्पर्धा हुँदै !

GLOBAL IME BANK
SHREE KESH

एफएनसिसिआई निर्वाचन : ४५ प्रतिशत मतदान सम्पन्न, दुई समुहका उमेद्वारबीच कडा प्रतिस्पर्धा हुँदै !

१३ मंसिर २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज भइरहेको छ । महासंघको चुनावका लागि तिन स्थानबाट मतदान जारी रहेको छ । मध्यान्ह १२ बजेसम्म करिब ४५ प्रतिशत मतदान सम्पन्न भइसकेको बताइएको छ । 
निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले जिल्लातर्फ ४० प्रतिशत, एशोसिएटतर्फ ४० प्रतिशत र बस्तुगततर्फ ४५ प्रतिशत मतदान सम्पन्न भएको बताए । जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु, र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा मतदानको व्यवस्था गरिएको छ । देशभरबाट राजधानी आएका १ हजार ११६ जना मतदाताले चुनावमा भाग लिएका थिए 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: