×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो टीम नेपालले निःशुल्क खानासँगै अब खाद्यान्न पनि बाड्ने, यसो भन्छन् संस्थापक सहसचिव धामी (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हाम्रो टीम नेपालले निःशुल्क खानासँगै अब खाद्यान्न पनि बाड्ने, यसो भन्छन् संस्थापक सहसचिव धामी (भिडियो रिपोर्ट)

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले निःशुल्क खाद्यान्न वितरणको अभियान पनि थालनी गर्न थालेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हाम्रो टीमले खाद्यन्न सहयोग पनि थालेको हो । महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न थालिएको हो । 
हाम्रो टीम नेपालका संस्थापक सहसचिव लक्ष्मणसिह धामीले महानगरले भनेअनुसारको ठाउँबाट नै निःशुल्क खाना खुवाउने अभियान जारी रहेको बताउनुभयो । उहाँले हिजो मात्रै त्यहाँ आउन नसक्ने र घरमा आफै पकाएर खान सक्ने अवस्था भएका १५ जनालाई ग्यासको रेगुलेटरसहित चामल, दाल, नुन तेल लगायतका सामग्री दिइएको बताउनुभयो । काम गर्न सक्नेहरुलाई रोजगारी दिलाउने विषयमा महानगरपालिकासँग छलफल भइरहेको पनि उहाँले बताउनुभयो ।
महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि हिजोबाट सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हो । 
नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता छ । काम नपाएर भोकै बस्नुपर्ने स्थिति आएमा प्रत्येक दिन विहान ९ बजे थापाथली स्थित व्यवस्था गरिएको गरिएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी