×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली फुटबल टोली मैत्रिपूर्ण खेल खेल्न बंगलादेश गयो, कप्तानको जिम्मा किरण चेम्जोङलाई…! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाली फुटबल टोली मैत्रिपूर्ण खेल खेल्न बंगलादेश गयो, कप्तानको जिम्मा किरण चेम्जोङलाई…! (भिडियो रिपोर्ट)

Artha Sarokar

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रिपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेलेर फर्किने छ । 
लामो समय पछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रिपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहीत देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् । यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिए पछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन् । 
नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन । मैत्रिपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य विदाई कार्यक्रम पछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गर्नुभयो ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारी पछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताउनुभयो । तर महामारीका बीच सुचारु भएको छोटो अभ्यासले मैत्रिपूर्ण खेल निकै चुनौति पूर्ण भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ ।
यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै बंगलादेश सँगको मैत्रिपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रिपूर्ण खेलले अनुभव दिने पनि उहाँले बताउनुभयो । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रिपूर्ण खेलमा सुखद नतिजा निक्लिने खवास विश्वस्त देखिनुहुन्छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नु अघि टोलीको कोरोना पिसिआर परिक्षण गरेको थियो । उक्त परिक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता विताएपछि मात्रै मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ । हेर्नुहोस् भिडियो : 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी