- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहिबार पनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज बिहिबार अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा तोकेको छ । राष्ट्र बैंकले राष्ट्र बैंकले बुधबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १२ पैसा तोकेको थियो भने बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा तोकेको थियो ।
यस्तै आज युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ १२ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५८ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८७ पैसा र बिक्रीदर २९ रुपैयाँ ०१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :