- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७९ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ३९ पैसा रहेको छ । सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ३० पैसा र बिक्रीदर १३८ रुपैयाँ ९९ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्