- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्