×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड कम्युनिटीको ३ लाख ७५ हजार कित्ता संस्थापक सेयर लिलामी खुला, कस-कसले पाइन्छ भर्न ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फरवार्ड कम्युनिटीको ३ लाख ७५ हजार कित्ता संस्थापक सेयर लिलामी खुला, कस-कसले पाइन्छ भर्न ?

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । संस्थाको आज (बिहिबार) बाट ३ लाख ७५ हजार ३०७.५७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको हो । सो लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । साथै सर्वसाधारण लगानीकर्ताले पनि लिलामी भर्न सक्ने संस्थाले जनाएको  छ ।
सो सेयर लिलामीमा लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंसम्म पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: