Skip to content
LAXMI SUNRISE BANK

कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई संसदीय समितिको निर्देशन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्न निर्देशन दिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि कोरोना परीक्षण र उपचार नि: शुल्क गर्ने व्यवस्था गर्न सुझाव र निर्देशन दिएको हो ।
समितिले निजी अस्पतालमा कोरोना संक्रमितको उपचार कति खर्चमा भइरहेको छ भन्ने अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सरकारले तोकेको शुल्क भन्दा बढी लिएको पाइएमा कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK