
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यका हैसियतमा काम गर्न रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको हो ।
इजलासको बहुमतले त्यस्तो निर्णय गरेको हो । निर्णयमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फरक मत राख्दै अन्तरिम आदेश जारी गर्ने पक्षमा राय दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठसहितको बहुमतबाट अन्तरिम आदेश नदिने निर्णय भएको हो । चाडपर्व तथा कोरोना भाइरासको संक्रमणका कारण प्रभावित हुँदै आएको ती मुद्दा बुधबार टुंगो लागेको हो ।
यसअघि न्यायाधीश आन्दनमोहन भट्टराइको इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएपछि संवैधानिक इजलासमा सुनुवाई हुँदाहुँदै रोकिएको रिटको सुनुवाई बुधबारका भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्