- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित गरेको विवरण अनुसार संस्थाले ५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनी २४ लाख ८७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
यस्तै, संस्थाले खुद ब्याज आम्दानी भने १६.५८% ले बढाएर ४६ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ३९ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, संस्था १ लाख ८२ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । अघिल्लो वर्ष भने यसले २ लाख ३४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
हाल यसको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा जम्मा १५ हजार रुपैयाँ मात्र रहेको छ । खराब कर्जा अनुपात १.६६% बाट बढेर ३.६८% पुगेको छ । कस्ट अफ फन्ड ६.८९% रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्