
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ । बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार खुद नाफा कमाएको रिपोर्टमा उल्लेख छ। यो नाफा गत वर्षको यहि अवधिमा ४०.५८ प्रतिशतले धेरै हो। गत वर्षको यहि अवधि बैंकले ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद नाफा बढेपनि वितरण योग्य नाफा भने घटेको छ । बैंकको वितरण योग्य नाफा १९.५६% ले घटेर २२ करोड ६१ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ ।
सार्वजनिक अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ६५.७५% ले बढेर २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ४१.५३% ले बढेर १ अर्ब ४७ करोड ५२ लाख ८६ हजार रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकोले खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ ।
असोज मसान्तसम्म आइपुग्दा संस्थाको खराव कर्जा बढेको छ । बैंकको खराब कर्जा ०.९८% ले बढेर १.८३% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ११ पैसाले घटेर २२ रुपैयाँ ३२ पैसामा सीमित भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्