- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ०१ पैसा र बिक्रीदर १४० रुपैयाँ ७२ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५८ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैयाँ ८९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्