- अर्थ सरोकार सम्बाददाता
गोरखा । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वाब परीक्षणको क्रममा ४४ वर्षीय प्रजिअ भट्टराई दम्पत्तीमा कोरोना संक्रमण पुष्टी भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको हो ।
उनीसहित गोरखाका ३२ जनामा सोमबार कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिकाका १० जनामा, पालुङ्टार नगरपालिकाका सातजनामा, अजीरकोट गाउँपालिकाका सातजना, शहीद लखन गाउँपालिकाका चारजनामा र आरुघाट गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएको हो ।