×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोरखाबाट ३ जना जुवाडे पक्राउ, २ लाख ७१ हजार ५२० रुपैयाँसहित १६ थान कौडा पनि बरामद

GLOBAL IME BANK
SHREE KESH

गोरखाबाट ३ जना जुवाडे पक्राउ, २ लाख ७१ हजार ५२० रुपैयाँसहित १६ थान कौडा पनि बरामद

१२ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गोरखा । गण्डकी गाउँपालिका-४ फुजेलबाट ३ जना जुवाडे पक्राउ परेका छन् । स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी भण्डारी, धादिङको ज्वालामुखी गाउँपालिका-२ का २२ वर्षीय राजकुमार थापा र वडानम्बर ३ का ६३ वर्षीय खुमबहादुर अर्याल छन् । जुवाको खालबाट २ लाख ७१ हजार ५२० रुपैयाँसहित १६ थान कौडा र एउटा नाङलो पनि बरामद भएको एसपी गुरुङले बताए । पक्राउ परेकाहरु विरुद्ध मुद्दा दर्ता गरी दश दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: