
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गोरखा नगरपालिकाले अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने भएको छ । नगरपालिकाले केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र कतिपय कर्मचारीमा लक्षण देखिएको भन्दै नगरपालिका र वडा कार्यालयमा पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृतले दिएको जानकारी अनुसार कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।
त्यस्तै, नगरभित्रका केही विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएको भन्दै कात्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म निजी र सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको छ ।
यता, नगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात र पसलमा भिड नगरिदिन पनिअनुरोध गरेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्