- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गुराँस लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २२ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ४७०.४०% ले बढी हो । अघिल्लो वर्ष यसैअवधिमा संस्थाले ३ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ४०.१५% ले बढेको छ । गत वर्ष ९७ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष बढाएर १ करोड ३६ लाख ३४ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । समिक्षा अवधिमा संस्थाको सञ्चालन नाफा ६ लाख १६ हजार रुपैयाँबाट बढेर ३५ लाख १५ हजार रुपैयाँ पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकोले खुद नाफा पनि बढेको देखिन्छ।
यो असोजमसान्तसम्ममा संस्थाको खराब कर्जा बढेको छ । संस्थाको खराब कर्जा ०.५७% ले बढेर ३.३२% पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा २.७५% थियो । यता, संस्थाको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८३ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्