
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको दशौं वार्षिक साधारणसभा हिजो (बिहिबार) सम्पन्न भएको हो । उक्त साधारण सभाबाट लेखापरिक्षको प्रतिवेदनसहित २०७५ साल आषाढ मसान्तसम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित हुनुका साथै विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४/०७५ को मुनाफाबाट जारि पूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस सेयर र सो बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्तावसमेत सर्वसम्मतिबाट पारित भएको छ ।
साथै १०औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाटविवेक दुगड़, सौरभ दुगड़, श्री अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भु प्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित संचालक समितिको बिहिबारै बसेको १६२औं बैठकले विवेक दुगड़लाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्ष चयन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्