Skip to content
LAXMI SUNRISE BANK

गुराँस लाइफ इन्स्योरेन्सको ५.२५% बोनस सेयर हात पर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। गुराँस लाइफ इन्स्योरेन्सको ५.२५% बोनस सेयर हात पर्ने आज अन्तिम मौका रहेको छ । मंसिर ४ गते वार्षिक साधारण सभा डाकेको यस कम्पनीले बिहीबार कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्दैछ । यस अनुसार, आजसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् । 
सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन, तीनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा ५.२५% बोनस सेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै, सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण सेयरधनीहबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । 
हकप्रद सेयर सूचीकरण पश्चात पुँजी बढेर १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँ बराबरको बोनस सेयर वितरण पश्चात यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९७ करोड ५५ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK