×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौँ आइपुगे, यस्तो छ भेटघाटको तालिका ! (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार

PRIME CA

दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौँ आइपुगे, यस्तो छ भेटघाटको तालिका ! (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । विदेश सचिव श्रृंगला बिहीबार बिहान चार्टर्ड विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा नेपाल आउनुभएको हो । विदेश सचिव बनेपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको छ । 
श्रृंगलाले आजै परराष्ट्र सचिव पौड्यालसँग भेटवार्ता गर्नुहुनेछ भने उच्चस्तरीय भेटघाटमा समेत सरिक हुने कार्यक्रम रहेको बताइएको छ । भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने भएको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । 
विदेश सचिव श्रृंगला नेपाल रहँदासम्म द्धारिका होटलमा बस्नुहुनेछ । भारतीय विदेश मामिला मन्त्रालयले यसअघि नै विदेश सचिव श्रृंगलाको भ्रमण औपचारिक हुनुका साथै नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरता रहेको बताएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: