×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाद्वारा नेपाललाई १०० थान भेन्टिलेटर सहयोग, सातै प्रदेशमा ७/७ वटाका दरले वितरण गरिने ! (भिडियो रिपोर्ट)

PRIME CA

अमेरिकाद्वारा नेपाललाई १०० थान भेन्टिलेटर सहयोग, सातै प्रदेशमा ७/७ वटाका दरले वितरण गरिने ! (भिडियो रिपोर्ट)

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोभिड १९ विरुद्धको लडाईमा सहयोग पु¥याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तानतरण गर्नुभयो । भेन्टिलेटर हस्तान्तरणपछि राजदुत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिवद्ध रहेको बताउनुभयो । 
अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पु¥याउने उहाँले बताउनुभयो । ७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द र कटिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले सहकार्यलाई निरन्तरता दिन कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताउनुभयो । 
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडविरुद्धको लडाईका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेको प्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्राप्त भेन्टिलेटर शुक्रबार १२ बजेबाट नै विरतण सुरु गरिएको बताउनुभयो । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलालाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेको भेन्टिलेटरहरु हरेक सरकारी अस्पताललाई दुई—दुईवटाका दरले वितरण गरिने उहाँले बताउनुभयो ।
भेन्टिलेटरका अतिरिक्त युएसआइडीले देशका १ सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको छ । अहिलेसम्म २० लाख परिवारलाई टेलिफोनमार्फत परामर्श समेत दिएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: