×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतद्वारा नेपाललाई भेन्टिलेर सहयोग, दुवै देशलाई एक-अर्काको आवश्यकता रहेको राजदूत क्वात्राको भनाई ! (भिडियो)

PRIME CA

भारतद्वारा नेपाललाई भेन्टिलेर सहयोग, दुवै देशलाई एक-अर्काको आवश्यकता रहेको राजदूत क्वात्राको भनाई ! (भिडियो)

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमकाबीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । 
भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुवै देशलाई एक अर्काको आवश्यकता रहेको बताउनुभयो । भारतीय सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको उहाँले बताउनुभयो । कोभिड संक्रणको सुर भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलीका दिनमा पनि सहयोग जारी रहने उहाँले बताउनुभयो ।
स्वास्थ्यमन्त्री ढकालले आफु अफ्ठ्यारोमा भएपनि विगत देखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेर उपयुक्त ठाउँमा पठाउने बताउनुभएको छ । संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले बढी सक्रिय संक्रमित र गम्भिर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने उहाँले बताउनुभयो ।
अहिले नेपाल भारत लगायत विश्वभरी नै कोरोना महामारीको संक्रमण बढ्दो छ । नेपालम दैनिक सयौँ जनालाई संक्रमण भइरहेको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार १ लाख ९१ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार आजसम्म १ हजार ८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । भने, १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: