×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौँडामा अखाद्य वस्तु मिसावट गरी चामल बिक्री गर्ने पसल सिलबन्दी, भाइमसला बिक्रीमा पनि रोक

PRIME CA
GLOBAL IME BANK

हेटौँडामा अखाद्य वस्तु मिसावट गरी चामल बिक्री गर्ने पसल सिलबन्दी, भाइमसला बिक्रीमा पनि रोक

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित विवेक स्टोरले अखाद्य वस्तु मिसावट गरी चामल बिक्रीवितरण गर्ने गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा सिलबन्दी गरिएको छ । एक सय बोरा अखाद्य चामल उक्त स्टोरमा भेटिएपछि संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको जिप्रकाले जनाएको छ ।
स्टोर सिलबन्दी गरी अनुसन्धान प्रकिया अगाडि बढाएको अनुगमन टोलीमा सहभागी सहदेव आचार्यले जानकारी दिए । उक्त चामलमा पशुपन्छीलाई खुवाउने कनिका मिसाएको पाइएकाले नष्ट गर्नसमेत खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले निर्देशन दिएको जनाइएको छ । यसैगरी अनुगमन टोलीले हेटौँडा बजारमा उपभोक्तालाई बिक्रीवितरण गर्न राखिएको भाइमसला बिक्रीमा केही पसललाई रोक लगाएको जिप्रकाका शाखा अधिकृत देवचन्द्र गड्तौलाले बताए । करीब दुई दर्जन खाद्यान्न तथा मिठाइ पसलको अनुगमन तथा निरीक्षण गरेपछि त्यस्तो रोक लगाएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: