Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेद्वारा नेपालका हिमालहरुको दृष्यावलोकन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ । तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले आज (शुक्रबार) नेपालका हिमालहरुको दृष्यावलोकन गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल अवलोकन गरी उनी केहीबरअघि मात्रै सोल्टी होटेल फर्केका छन्।
उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका थिए। हिमालहहरुको अवलोकनपछि काठमाडौँ फर्केका नरवडेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँग भेटघाट गरेर उनी आजै स्वदेश फर्किने कार्यतालिका रहेको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK