×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकका अधिकांश सूचकहरु ओरालोतर्फ, कुन सूचकमा कति गिरावट आयो ? (विस्तृत विवरणसहित)

PRIME CA

हिमालयन बैंकका अधिकांश सूचकहरु ओरालोतर्फ, कुन सूचकमा कति गिरावट आयो ? (विस्तृत विवरणसहित)

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ४७.२९% ले घटेर ५९ लाख १४ हजार रुपैयाँ मात्रै कमाएको जनाएको हो । गत वर्षको यसै अवधिमा बैंकले ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म यस बैंकको वितरणयोग्य नाफा ६२ लाख ६२ हजार रुपैयाँ मात्र छ ।
बैंकको नाफासंगै अधिकांश सूचकहरु घटेका छन् । महत्वपूर्ण सूचक मानिने खुद ब्याज आम्दानी र सञ्चालन नाफामासमेत गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी २८.८१% ले घटेर ९३ करोड ८९ लाख ६० हजार रुपैयाँमा आएको छ भने सञ्चालन नाफा पनि ४७.७४% ले घटेर ५१ करोड ७५ लाख २९ हजार रुपैयाँमा खुम्चिएको छ । 
यस्तै यस अवधिसम्म आउँदा बैंकले १ खर्ब २८ अर्ब ८२ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३८ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ६ अर्ब ७ करोड ९७ लाख ७ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ९७ पैसाले घटेर १५ रुपैयाँ ६२ पैसामा सीमित भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ५९ पैसा रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: