×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक र बिओकेले चिनियाँ कम्पनीविरुद्ध मुद्धा जिते, डेढ अर्व रुपैयाँ फिर्ता हुँदै !

अर्थ सरोकार

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार

PRIME CA

हिमालयन बैंक र बिओकेले चिनियाँ कम्पनीविरुद्ध मुद्धा जिते, डेढ अर्व रुपैयाँ फिर्ता हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनको अदालतमा विगत आठ वर्षदेखि विचाराधीन रहेको मुद्दा जितेका छन् । चीनको तल्लो अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकको पक्षमा मुद्दा फैसला गरेसँगै चाइना रेलवे ग्रुप अफ कम्पनीले बैंक ग्यारेन्टी बसेवापत लगेको रकम फिर्ता गर्नुपर्ने भएको हो ।
मेलम्ची खानेपानी आयोजनामा काम गर्न आएको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीको लागि चाइना कन्स्ट्रक्सन बैंकमार्फत दुवै नेपाली बैंकले काउन्टर ग्यारेन्टी प्राप्त गरेका थिए । तर, उक्त ठेकेदार कम्पनीले बीचैमा काम छाडेर हिडेपछि दुवै बैंकको काउन्टर ग्यारेन्टी फसेको थियो । सुरूमा चाइना कन्स्ट्रक्सन बैंकले उक्त ग्यारेन्टी वापतको रकम दिन अस्वीकार गरेको थियो । त्यसपछि, मुद्धा चीनको अदालतमा पुगेको थियो। 
मेलम्ची खानेपानी आयोजनाको लागि जमानतको रकम भुक्तानी भए बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जनासमेत फिर्ता पाउने छ । सो रकम नेपाली रुपैयाँमा करिब ९० करोड हुन आउँछ। हिमालयन बैंकले पनि करीब ६६ करोड रूपैयाँ फिर्ता पाउनेछ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: