- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनको अदालतमा विगत आठ वर्षदेखि विचाराधीन रहेको मुद्दा जितेका छन् । चीनको तल्लो अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकको पक्षमा मुद्दा फैसला गरेसँगै चाइना रेलवे ग्रुप अफ कम्पनीले बैंक ग्यारेन्टी बसेवापत लगेको रकम फिर्ता गर्नुपर्ने भएको हो ।
मेलम्ची खानेपानी आयोजनामा काम गर्न आएको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीको लागि चाइना कन्स्ट्रक्सन बैंकमार्फत दुवै नेपाली बैंकले काउन्टर ग्यारेन्टी प्राप्त गरेका थिए । तर, उक्त ठेकेदार कम्पनीले बीचैमा काम छाडेर हिडेपछि दुवै बैंकको काउन्टर ग्यारेन्टी फसेको थियो । सुरूमा चाइना कन्स्ट्रक्सन बैंकले उक्त ग्यारेन्टी वापतको रकम दिन अस्वीकार गरेको थियो । त्यसपछि, मुद्धा चीनको अदालतमा पुगेको थियो।
मेलम्ची खानेपानी आयोजनाको लागि जमानतको रकम भुक्तानी भए बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जनासमेत फिर्ता पाउने छ । सो रकम नेपाली रुपैयाँमा करिब ९० करोड हुन आउँछ। हिमालयन बैंकले पनि करीब ६६ करोड रूपैयाँ फिर्ता पाउनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्