×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

LAXMI SUNRISE BANK

अन्तत: विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२४ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । उनलाई ऊर्जा मन्त्रालयले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । मन्त्रालयले शाक्यलाई अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै निमित्त प्रमुख तोकेको हो । 
निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएसंगै शाक्यले सोमबारदेखि नै पदबाहाली गरेका छन् । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी