
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने तयारी गरिएको छ । एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हाली रहेका उनलाई प्राधिकरणमा काज फिर्ता गरिएसंगै कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिने तयारी भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई नै प्राधिकरणको उक्त जिम्मेवारी दिन चाहेका छन् । नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकमासमेत उनलाई निमित्त दिने वा कामुको जिम्मेवारी दिने भन्नेमा छलफल भएको बताइएको छ । शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी नदिएकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठकमासमेत असन्तुष्टि जनाएका थिए ।
उर्जा मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएपछि निमित्तको जिम्मेवारी कोइरालालाई दिइएको थियो ।यता शाक्यलाई अहिले कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिने र पछि उनैलाई नै कार्यकारी निर्देशक बनाउने सरकारको तयारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्