×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानसरोवर दर्शन गर्न हुम्ला पुगे पर्यटक, होटेल व्यवसायी भए खुशी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मानसरोवर दर्शन गर्न हुम्ला पुगे पर्यटक, होटेल व्यवसायी भए खुशी

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नं ६ स्थित लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्न भारतीय पर्यटक यहाँ आइपुगेका छन् । आन्तरिक पर्यटक समेत मानसरोवर नपुगेको समयमा पहिलो पटक भारतीय धार्मिक पर्यटक एक टोली सिमकोट आइपुगि लाप्चा तर्फ लागेको हुन् । कोरोना कहरका कारण मानसरोवर जान सिमानाका बन्द गरिएको थियो । कैलाश ट्रेकका पर्यटन व्यवसायी विष्णु रावतले मानसरोवर दर्शन गर्न जाने समय (सिजन)को अन्त्यतिर आएसँगै ती पयर्टक हुम्लाको लिमी लाप्चाबाटै दर्शनका लागी त्यस तर्फ लागेको जानकारी दिनुभयो । 
ती पर्यटक नेपालगञ्ज हुँदै सिमकोट पुगी सवारी साधन मार्फत लाप्चा तर्फ लागेका हुन् । ती पर्यटक लिमीको लाप्चामा तीनदेखि चारदिनसम्म बसेर सिमकोट फिर्ता हुने उहाँले बताउनुभयो । उक्त टोलीले एक रात चार हजार दुई सय मिटर अग्लो उचाईमा रहेको तुम्लिङमा बास बस्ने र भोली पल्ट बिहान पाँच हजार मिटर अग्लो लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्ने योजना बनाएका छन् । 
सो टोलीले सफल यात्रा गरेमा कात्तिक अन्तीमसम्म अन्य बीसदेखि पच्चीस जनाले कैलाश मानसरोवर दर्शनका लागी आउने तयारी गरेको व्यवसायी रावतले बताउनुभयो । नजिकबाट दर्शन गर्न नपाएपनि लिमीको लाप्चाबाट दर्शन गर्दा हेलिकप्टर भन्दा यात्राको लागि खर्च निकै कम लाग्ने गरेको छ । छिमेकी देशका पर्यटक आउँदा यहाँका होटेल व्यवसायी औधी रमाउँदै पर्यटन प्रवद्र्धन हुनेमा खुशी छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: