×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हुम्लामा बहुमूल्य जडीबुटीको अवैध चोरी-निकासी बढ्यो, जिल्ला वन कार्यालय बेखबर

  • अर्थ सरोकार सम्बाददाता 
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–५ को उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजस्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौंको राजस्व घाटा लागेको छ । 
सो वडाको नेप्का गाउँको टाँके, माडिभिटा, फुने र निलीलगायत क्षेत्रबाट बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको स्थानीयवासीले बताएका छन् । त्यस क्षेत्रमा पाइने कुरिलो, काउलो, जटामसी, चिराइतो, गुच्छी च्याउ, कटुको र पदमचाललगायत बहुमूल्य जडीबुटीको अवैध चोरी–पैठारी बढेको वडाध्यक्ष भैरव तामाङले जानकारी दिनुभयो । चोरी–पैठारी गर्नेले हचुवाको भरमा बीउ नै मासिने गरी उत्खनन गर्दा जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । मुगु र जुम्लाका ठेकेदारले मजदूर लगाएर बहुमूल्य जडीबुटीको तस्करी गर्दा समेत रोक्नेतर्फ सम्बन्धित निकायले चासो नदिएपछि गाउँलेले पालो गर्दै रक्षक बस्न थालेको उनले बताए । 
नेप्का गाउँका विभिन्न ठाउँबाट सयौँ क्विन्टल कटुकी चोरी भएपछि गाउँका ६६ घरधुरी मिलेर विभिन्न स्थानमा जडीबुटी जोगाउन वन रक्षक बस्नुपर्ने वाध्यता रहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । खुला सीमा नाका कारण तस्करले लाखौं मूल्यको जडीबुटी अवैध रूपमा निकासी गर्दै आएका छन् । जथाभावी चोरी–निकासी बढ्न थालेपछि स्थानीयवासीले रोकथामका लागि पहल गरिदिन माग गरेका छन् । तस्करले लाखौंको राजस्व छली गर्दासमेत जिल्ला वन कार्यालयको यसतर्फ ध्यान गएको छैन । दिन प्रतिदिन चोरी–निकासी बढ्दै गएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: