
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । माउन्टेन इनर्जीको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने जनाएको हो । कम्पनीले सर्वसाधारणका १८ लाख ३० हजार २६५ कित्ता यर बिक्रीमा ल्याएको थियो । जसमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता सेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । जुन मागभन्दा ७.६१ गुणा धेरै हो ।
कम्पनीको आइपीओ १ लाख ८३ हजार जना आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । हालसम्मको तथ्याँक अनुसार आइपीओमा आवेदन गर्ने बाँकी ४ लाख ९१ हजार जना आवेदकको भने हात खाली हुने भएको छ।
कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो । यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिएको छ । बाँकी १८ लाख ३० हजार २६५ कित्ता साधारण शेयर भने सर्वसाधारण लगानीकर्ताको लागि बिक्री खुल्ला गरिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्